अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा महाधिवेशन: लोगो सार्वजनिक, प्रतिनिधिको शुल्क पाँच हजार  

रास्वपा महाधिवेशन: लोगो सार्वजनिक, प्रतिनिधिको शुल्क पाँच हजार  


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाह सँगसँगै रहेको तस्बिरसहित लोगो सार्वजनिक गरिएको हो।

रास्वपाले महाधिवेशनका प्रतिनिधिको शुल्क तय गरेको छ। प्रति प्रतिनिधि पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। पर्यवेक्षकलाई थप दुई हजार तोकिएको छ।

आर्थिक रुपमा विपन्न सदस्यहरूको लागि पार्टीले सहायता कोष सञ्चालन गर्ने जानकारी गराइएको छ।

रास्वपाको  निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या तीन हजार हारहारी रहने छ । रास्वपाले प्रथम महाधिवेशन यही महिना (असार)को ७ देखि ९ गतेसम्मे चितवनमा गर्ने गरी तयारी गरेको छ ।

Skip This