अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नीति अध्ययन प्रतिष्ठानमा जिम्मेवारी हस्तान्तरण, नयाँ कमिटीलाई अध्यक्ष ओलीको शुभकामना

एमाले नीति अध्ययन प्रतिष्ठानमा जिम्मेवारी हस्तान्तरण, नयाँ कमिटीलाई अध्यक्ष ओलीको शुभकामना


काठमाडौं-नेकपा (एमाले) नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको नवगठित निर्देशक कमिटी र निवर्तमान निर्देशक कमिटीबीच परिचयात्मक तथा समीक्षात्मक छलफल सम्पन्न भएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिष्ठानको अघिल्लो कार्यकालमा सम्पन्न भएका कार्यहरूको प्रशंसा गर्दै निवर्तमान निर्देशक समितिका अध्यक्ष ईश्वर पोखरेलसहित सम्पूर्ण टोलीलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले नवगठित निर्देशक कमिटीलाई सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गरे।

कार्यक्रममा अघिल्लो कार्यकालमा प्रतिष्ठानबाट सम्पन्न नीतिगत अनुसन्धान, अध्ययन तथा संस्थागत विकाससम्बन्धी कामहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो। निवर्तमान निर्देशक समितिका सदस्यहरू प्रदीप ज्ञवाली, डा. युवराज खतिवडा, डा. विष्णु उप्रेती, डा. अञ्जान शाक्य र योगेन्द्र ढकालले आफ्नो कार्यकालका अनुभव, उपलब्धि र चुनौतीबारे धारणा राखेका थिए।

प्रतिष्ठानको आगामी कार्यदिशा, नीतिगत योजना तथा अनुसन्धानका प्राथमिकतामाथि केन्द्रित छलफलमा नवगठित निर्देशक कमिटीका अध्यक्ष विष्णु रिमालसहित सबै सदस्यहरूको सहभागिता रहेको थियो।

नयाँ निर्देशक कमिटीमा डा. युवराज खतिवडा, डा. नेत्र तिम्सिना, डा. योगेन्द्र गुरुङ तथा सहायक रथी (अवकाशप्राप्त) विनोद पाण्डे सदस्य रहेका छन्।

बैठकले प्रतिष्ठानको कार्यसम्पादनलाई थप प्रभावकारी, अनुसन्धानमुखी तथा नतिजामूलक बनाउने प्रतिबद्धता व्यक्त गर्दै पुरानो र नयाँ नेतृत्वबीच अनुभव आदान–प्रदान तथा सहकार्यलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ।

Skip This