अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा महाधिवेशनमा एमालेबाट प्रदीप ज्ञवाली जाने

रास्वपा महाधिवेशनमा एमालेबाट प्रदीप ज्ञवाली जाने


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबारबाट चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेबाट नेता प्रदीप ज्ञवाली जाने भएका छन्। नेकपाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन नेता ज्ञवालीलाई पठाउने भएको हो। 

अध्यक्ष केपी शर्मा ओलीकी सचिवालय प्रमुख निरुदेवी पालका अनुसार ओलीलाई उपत्यका बाहिर जानका निम्ति स्वास्थ्यले साथ नदिएको र अन्य पदाधिकारी पार्टी जागरण अभियानअन्तर्गत सुदूरपश्चिम पुगेका कारण ज्ञवाली जाने भएका हुन्।

रास्वपाले भरतपुरको गेस्ट हाउस चौरमा हुने सम्मेलन उद्घाटन समारोहमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओलीलाई निमन्त्रणा पठाएको थियो। 

Skip This