अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मैले स्थापना गरेको पार्टीको महाधिवेशनमा मलाई नै निम्ता गरिएन: डा. मुकुल ढकाल

मैले स्थापना गरेको पार्टीको महाधिवेशनमा मलाई नै निम्ता गरिएन: डा. मुकुल ढकाल


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकालले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा आफूलाई निमन्त्रणा नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै डा. ढकालले पार्टी स्थापना गर्ने व्यक्तिलाई महाधिवेशनमा निम्तो नगरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘आज पार्टीले आफ्नो पहिलो ऐतिहासिक महाधिवेशन गर्दैछ। तर, पार्टी स्थापना गर्ने म भने निम्तो सूचीमै परिनँ,’ डा. ढकालले लेखेका छन्।

ढकालले महाधिवेशन केवल पद बाँडफाँड वा व्यक्ति चयनमा सीमित हुन नहुने भन्दै यसले पार्टीको आगामी राजनीतिक दिशा तय गर्नुपर्ने बताएका छन्। उनले ‘राजव्यक्ति’ होइन ‘राजनीति’ गर्नुपर्ने सुझाव पनि दिएका छन्।

चितवनमा जारी रहेको महाधिवेशनकै बीच आएको उनको अभिव्यक्तिले रास्वपाभित्र आन्तरिक असन्तुष्टि सतहमा आएको संकेत गरेको छ।

यसैबीच, चितवनमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू सहभागी भएका छन्।

Skip This