चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गतको बन्दसत्र निर्धारित समयमै सुरु हुन सकेको छैन।
आज बिहान ८ः३० बजे चितवनस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु हुने कार्यतालिका रहे पनि महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा देखिएका केही त्रुटी सच्याउने काम जारी रहेकाले बन्दसत्र ढिलो भएको पार्टी नेताहरूले बताएका छन्।
पार्टीका अनुसार प्रतिनिधिहरूको विवरण अद्यावधिक गरी अन्तिम नामावली टुंग्याएपछि मात्रै बन्दसत्र सञ्चालन गरिनेछ। बन्दसत्रमा पार्टीको भावी नेतृत्व चयन, सांगठनिक प्रतिवेदन तथा विभिन्न प्रस्तावमाथि छलफल हुने कार्यक्रम छ।
महाधिवेशनको कार्यतालिकाअनुसार आज दिउँसोबाट सभापति तथा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुनेछ। असार ९ गते सभापतिसहित ९९ सदस्यीय केन्द्रीय समितिको चयनका लागि मतदान गरिनेछ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी नेतृत्व र संगठनात्मक दिशानिर्देश तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।





























प्रतिक्रिया