अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बन्दसत्र अझै सुरु भएन, एसी कोठामा आराम गर्दै रास्वपा प्रतिनिधि [तस्वीरहरू]

बन्दसत्र अझै सुरु भएन, एसी कोठामा आराम गर्दै रास्वपा प्रतिनिधि [तस्वीरहरू]


चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो दिन बिहान ८ः३० बजे सुरु हुने भनिएको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन। 

महाधिवेशन प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने काम नसकिँदा बन्दसत्र अझै सुरु हुन नसकेको हो।

बन्दसत्र सुरु हुन नसकेपछि प्रदर्शनी हलभित्र पार्टीका पदाधिकारी तथा प्रतिनिधिहरू प्रतीक्षामा देखिएका छन् चर्को गर्मीका कारण हलभित्र अहिले प्रतिनिधिहरू सुस्ताएर बसिरहेका छन्। 

निर्वाचन समितिले सार्वजनिक गरेको करिब ४ हजार प्रतिनिधिको प्रारम्भिक नामावलीमा त्रुटि भेटिएपछि त्यसलाई सच्याउने र रुजु गर्ने काम जारी रहेकाले कार्यक्रम प्रभावित भएको नेताहरूले बताएका छन्।

Skip This