चितवन-चितवनको भरतपुरमा जारी रास्वपाको बन्द सत्र सुरु भएकाे छ। बन्द सत्र हिजो नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदै बन्द सत्र आजसम्म लम्बिएको हो।
बन्द सत्रमा सभापति रवि लामिछाने लगायतका नेताहरू उपस्थित छन्। तर प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन शाह भने उपस्थित भएका छैनन्।
तर, रास्वपाका प्रवक्ता मनिष झाले प्रधानमन्त्री पनि केहीबेरमा सहभागी हुने प्रतिक्रिया दिए। तर उनी कतिबेला सहभागी हुने भन्नेबारे भने केही खुलाएनन्।
बन्दसत्रको सुरुमा सभापति रवि लामिछानेले सम्बोधन गरेका थिए ।






प्रतिक्रिया