अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलको निष्कर्ष: विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण

एमाले संसदीय दलको निष्कर्ष: विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण


काठमाडौँ-नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएको निष्कर्ष निकालेको छ। पार्टी कार्यालय च्यासलमा मङ्गलबार बसेको एमाले संसदीय दलको बैठकले सरकारले पूर्वाग्रही भएर पौडेललाई पक्राउ गरेको भन्दै उक्त कार्यको घोर भर्त्सना गरेको छ।

बैठकका निर्णयबारे जानकारी दिँदै प्रमुख सचेतक ऐन महरले पौडेललाई पक्राउ गर्नु कानुनी राज्य र विधिको शासनको बर्खिलापमा रहेकाले उनलाई अविलम्ब र बिनाशर्त रिहाइ गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको बताए। सरकारले फरक राजनीतिक विचार राख्ने पार्टीका नेता तथा कार्यकर्ताहरूलाई शृङ्खलाबद्ध र योजनाबद्ध तरिकाले प्रतिशोध साँधिरहेको उनको आरोप छ। सरकारको यस्तै रवैया जारी रहे त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवार स्वयं सरकार नै हुने चेतावनी समेत एमालेले दिएको छ।

बैठकले संसद्मा सशक्त, रचनात्मक र अत्यन्त जिम्मेवार प्रतिपक्षीको रूपमा भूमिका खेल्ने र त्यसका लागि पार्टीसँग सहकार्य र समन्वय गर्ने प्रस्ताव पारित गरेको छ । सरकार तानासाही र स्वेच्छाचारी बाटोमा हिँडिरहेकाले यसका विरुद्ध सदनबाटै कडा सङ्घर्ष गर्ने निर्णय समेत भएको प्रमुख सचेतक महरले जानकारी दिए।

यसका साथै, एमाले संसदीय दलको बैठकले मुलुकका समसामयिक समस्याहरूका बारेमा पनि सरकारको ध्यानाकर्षण गराएको छ। बैठकले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न, प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि राज्यका निकायहरूलाई तयारी अवस्थामा राख्न र किसानका लागि सहज रूपमा मलको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

Skip This