अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुन्डुमा एमाले सचिवालय बैठक

गुन्डुमा एमाले सचिवालय बैठक


काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा केहीबेर अघि बैठक सुरु भएको हो।

२०८३ असार ८ गते सोमबार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा सुर्खेतबाट पक्राउ गरिएपछि पार्टीले अख्तियार गर्ने रणनीतिका बारेमा छलफल गर्न बैठक बोलाइएको हो। 

बैठकमा पार्टी उपाध्यक्ष पौडेलको पक्राउ लगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको एमालेका एक नेताले जानकारी दिएका छन्।

यसअघि आजै च्यासलमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोध भएको बताएका थिए। अध्यक्ष ओलीले भनेका थिए, ‘त्यसरी यातना दिएर पक्राउ गरियो। यो प्रतिशोध हो, गैरकानुनी हो।’

उता, विशेष अदालतले पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। अदालतको आदेशअनुसार विभागले अब थप अनुसन्धानका लागि म्याद आवश्यक परे पुनः विशेष अदालतमा उपस्थित गराउनुपर्नेछ।

पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई राति नै स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो। त्यसपछि विभागले उनलाई विशेष अदालतमा उपस्थित गराएको थियो।

एमाले सचिवालय बैठकमा पौडेल पक्राउ प्रकरणबारे पार्टीको आधिकारिक धारणा, आगामी रणनीति तथा राजनीतिक प्रभावका विषयमा विस्तृत छलफल हुने बताइएको छ।


Skip This