अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने निर्विरोध निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने निर्विरोध निर्वाचित


काठमाडौं- रास्वपाको पहिलो महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार सभापतिमा उनको मात्रै उम्मेदवारी परेका कारण निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको हो। केसीले अहिले केन्द्रीय समिति सदस्य उम्मेदवारी दर्ता भइरहेको र यो क्रम अझै २ घण्टा चल्ने बताए।

केसीले राती १२ बजेसम्म उम्मेदवारको दर्ता हुने बताए। उनले भोली बिहान ८ बजेबाट मतदान सुरु हुने बताउँदै करिब ४५ सय बढी मतदातालाइ मतदान गर्न ८ घन्टा लाग्ने बताए।

उनले मतदान सकिएको दुइ घन्टामा परिणाम आउने पनि बताए।

Skip This