अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुण्डुमा एमाले सचिवालय बैठक जारी, उपाध्यक्ष पौडेल पक्राउबारे ‘गम्भीर छलफल’

गुण्डुमा एमाले सचिवालय बैठक जारी, उपाध्यक्ष पौडेल पक्राउबारे ‘गम्भीर छलफल’


काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा जारी छ। 

एमाले सचिव महेश बस्नेतका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई गिरफ्तार गरिएको विषयमा ‘गम्भीर छलफल’ भइरहेको छ। सचिव बस्नेत भने, ‘बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम, विकसित परिस्थितिहरू तथा पार्टीको आगामी रणनीतिबारे आफ्नो धारणा राख्नुभएको छ। साथै वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीले अवलम्बन गर्ने रणनीति र आगामी कदमबारे पनि छलफल भइरहेको छ।’

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सोमबार सुर्खेतबाट पक्राउ गरिएका एमाले उपाध्यक्ष पौडेललाई आज ९मंगलबार० मात्रै विशेष अदालत काठमाडौँले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।

यसअघि आज नै पार्टी मुख्यालय च्यासलमा एमाले संसदीय दलको बैठक बसेको थियो। उक्त बैठकले उपाध्यक्ष पौडेलको पक्राउलाई सरकारको अपमानजनक कार्य भन्दै आपत्ति जनाएको छ। पार्टीका प्रमुख सचेतक ऐनबहादुर महरकाअनुसार संसदीय दलले यस गिरफ्तारीलाई गैरन्यायिक र विधिको शासनविपरीत ठहर गरेको छ।

एमालेले उपाध्यक्ष पौडेललाई विना शर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।

Skip This