अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विष्णु पौडेलको गिरफ्तारी विरुद्ध एमाले सचिावलय बैठकका चार निर्णय

विष्णु पौडेलको गिरफ्तारी विरुद्ध एमाले सचिावलय बैठकका चार निर्णय



काठमाडौं- नेकपा एमालेले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई विना सर्त रिहा गर्न माग गरेको छ । गएराती सकिएको सचिवालय बैठकले पौडेलको गिरफ्तारी तथ्य र प्रमाण भन्दा पनि राजनीतिक प्रतिोध साँध्नका लागि भएको निष्कर्ष निकालेको छ ।
बैठकपछि महासचिव शंकर पोखरेलले राती सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको निर्णय अनुसार पौडेलको गैह्र कानुनी गिरफ्तारी विरुद्ध पार्टीले राजनीतिक र कानुनी रुपमा शसक्त प्रतिवाद गर्ने उल्लेख गरेका छन् । यसैगरी पौडेललाई हिरातमा राख्न विशेष अदालतले दिएको आदेशप्रति पनि पार्टीले असहमती जाहेर गरेको छ । निर्णयमा भनिएको छ ‘राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित यस घटनामा विशेष अदालतले पूर्पक्षका लागि थुनामा राख्न दिएको आदेशसमेत न्यायसम्मत नरहेको ठहर गर्दछ ।’
बैठकले सरकारी रबैया विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । महासचिव पोखरेलका अनुसार राज्य संयन्त्रको यस प्रकारका निरंकुश,प्रतिशोधपूर्ण र विभेदकारी कदमका विरुद्ध देशव्यापी रुपमा राजनीतिक प्रतिरोध र भण्डाफोर अभियान सञ्चालन गर्न बैठकले पार्टीपंक्तीलाई आहवान गरेको छ ।

Skip This