काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी महाधिवेशनका कारण प्रतिनिधिसभा बैठकको दिन र समय परिवर्तन गरिएको छ।
असार ११ गते बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधि सभाको बैठक असार १२ गते दिउँसो १ बजेका लागि सारिएको हो।
संघीय संसद सचिवालयले बुधबार सूचना जारी गर्दै बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिएको हो। सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले असार १२ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने गरी समय तोकेको उल्लेख छ।
रास्वपाको ९ असारबाट सुरु भएको मआधिवेशन १० असारमा सक्ने कार्यतालिका थियो। महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया सुरु हुन सकेको छैन।







प्रतिक्रिया