अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाको केन्द्रीय सदस्यमा ९९ पदका लागि ३८४ उम्मेदवार, ८० महिला प्रतिस्पर्धामा

रास्वपाको केन्द्रीय सदस्यमा ९९ पदका लागि ३८४ उम्मेदवार, ८० महिला प्रतिस्पर्धामा


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि ९९ सिटमा ३८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारमध्ये ८० जना महिला रहेका छन्।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक उम्मेदवार सूचीअनुसार केन्द्रीय सदस्यका लागि भूगोल र राष्ट्रिय क्लष्टरबाट उम्मेदवारी परेको हो।

भूगोल क्लष्टरअन्तर्गत १७४ जनाले उम्मेदवारी दिएका छन्। यसमध्ये १३९ जना पुरुष र ३५ जना महिला प्रतिस्पर्धामा रहेका छन्। यस्तै, राष्ट्रिय क्लष्टरमा २१० जनाले उम्मेदवारी दिएका छन्, जसमा १६५ जना पुरुष र ४५ जना महिला छन्।

आयोगका अनुसार दुवै क्लष्टरबाट गरी कुल ३०४ पुरुष र ८० महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

रास्वपाले आगामी नेतृत्व चयनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न गर्दै उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो।

Skip This