अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिक व्यक्तित्वलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द्वतर्फ जान्छ: झलनाथ खनाल

राजनीतिक व्यक्तित्वलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द्वतर्फ जान्छ: झलनाथ खनाल


काठमाडौँ-पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक व्यक्तित्वहरूमाथि अपराधीजस्तो व्यवहार गरिए देश अन्तरद्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले पछिल्लो समय विभिन्न राजनीतिक व्यक्तित्वमाथि धरपकड भइरहेको उल्लेख गर्दै कानुनी प्रक्रिया र विधिको शासनलाई पालना गरेर मात्रै राज्यले कुनै पनि कदम चाल्नुपर्ने बताए। राजनीतिक असहमतिलाई अपराधको रूपमा चित्रित गर्ने प्रवृत्तिले राष्ट्रिय सहमति कमजोर पार्ने र मुलुकलाई द्वन्द्वको दिशातर्फ लैजान सक्ने उनको भनाइ थियो।

संविधान संशोधनबारे बोल्दै उनले अपरिपक्व र हचुवाका भरमा संशोधन प्रक्रिया अघि बढाउनु मुलुकका लागि घातक हुन सक्ने बताए। संविधान जारी भएको एक दशक पूरा भएको सन्दर्भमा यसको कार्यान्वयनको समग्र समीक्षा गरेर मात्रै संशोधनको आवश्यकता र औचित्यबारे निष्कर्ष निकाल्नुपर्ने उनको धारणा छ।

नेता खनालले संविधानका धेरै महत्वपूर्ण व्यवस्था अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै संविधानको भाग–४ लगायतका प्रावधान कार्यान्वयनमा राज्यले पर्याप्त ध्यान दिन नसकेको बताए। उनले सरकारलाई संविधान कार्यान्वयनलाई प्राथमिकतामा राख्न सुझाव समेत दिए।

सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति पनि खनालले असन्तुष्टि जनाए। प्रधानमन्त्री बालेन शाह ले सीमा सम्बन्धमा दिएको अभिव्यक्ति आश्चर्यजनक र अपरिपक्व रहेको टिप्पणी गर्दै उनले प्रधानमन्त्री बनेपछि दिएका अभिव्यक्तिमध्ये यो सबैभन्दा कच्चा अभिव्यक्ति भएको दाबी गरे।

Skip This