अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुटवल उपमहानगरले ल्यायो ३ अर्ब ९९ करोडको बजेट

बुटवल उपमहानगरले ल्यायो ३ अर्ब ९९ करोडको बजेट


रुपन्देही-बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

बुधबार आयोजित नगरसभामा उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै ‘समानता, स्वाभिमान र अवसर : बस्न योग्य बुटवल शहर’ भन्ने नारालाई केन्द्रमा राखेर बजेट ल्याइएको बताइन्।

प्रस्तुत बजेटअनुसार कुल खर्चमध्ये ५२ प्रतिशत चालु तथा ४८ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ। सामाजिक विकास क्षेत्रलाई प्राथमिकतामा राख्दै कुल बजेटको २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट छुट्याइएको उपमहानगरपालिकाले जनाएको छ।

स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट समानीकरण अनुदान २९ करोड २२ लाख रुपैयाँ, सशर्त अनुदान (चालु) ५० करोड २५ लाख रुपैयाँ, सशर्त अनुदान (पुँजीगत) ७ करोड ४ लाख रुपैयाँ, विशेष अनुदान ९० लाख रुपैयाँ तथा समपूरक अनुदान २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी प्रदेश सरकारबाट समानीकरण अनुदान २ करोड ३ लाख ६५ हजार रुपैयाँ, सशर्त अनुदान (चालु) ५६ लाख ५० हजार रुपैयाँ, सशर्त अनुदान (पुँजीगत) १ करोड ७३ लाख रुपैयाँ, समपूरक अनुदान १ करोड ५० लाख रुपैयाँ तथा विशेष अनुदान २० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।

राजस्व बाँडफाँडअन्तर्गत सङ्घीय सरकारबाट १९ करोड ४३ लाख ८६ हजार रुपैयाँ र प्रदेश सरकारबाट २ करोड ७५ लाख ६१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

उपमहानगरपालिकाले आन्तरिक स्रोतबाट १ अर्ब ५० करोड ३८ लाख ५९ हजार २ सय रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। साथै स्थानीय राजस्व बाँडफाँडअन्तर्गत विज्ञापन, मनोरञ्जन कर तथा प्राकृतिक स्रोत बिक्रीबाट ७८ करोड ७७ लाख ७८ हजार ८ सय रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

उपमहानगरपालिकाले आगामी वर्षको बजेटमार्फत सामाजिक सेवा, आर्थिक समृद्धि, पूर्वाधार विकास तथा नागरिकमैत्री शहरी सेवाको विस्तारलाई प्राथमिकता दिएको जनाएको छ।

Skip This