अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखा नगरपालिकाको बजेट १ अर्ब ३ करोड, शिक्षा र पूर्वाधारमा प्राथमिकता

गोरखा नगरपालिकाको बजेट १ अर्ब ३ करोड, शिक्षा र पूर्वाधारमा प्राथमिकता


गोरखा-गोरखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३ करोड २४ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बुधबार सम्पन्न नगरपालिकाको १९औँ नगर अधिवेशनमा उपप्रमुख मसलीमाया थोकरले आय–व्ययको अनुमान प्रस्तुत गर्दै बजेट सार्वजनिक गरेकी हुन्।

प्रस्तुत बजेटअनुसार संघीय सरकारबाट समानीकरण अनुदानतर्फ २१ करोड २४ लाख, समपुरक अनुदानतर्फ २ करोड ५९ लाख, विशेष अनुदानतर्फ १ करोड ८० लाख तथा राजस्व बाँडफाँटतर्फ १० करोड २० लाख ३० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

यस्तै, प्रदेश सरकारबाट समानीकरण अनुदान ३ करोड ९ लाख ३२ हजार, समपुरक अनुदान ६० लाख, राजस्व बाँडफाँट १ करोड ५९ लाख ७९ हजार र विशेष अनुदान ३९ लाख ९५ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। संघीय सशर्त अनुदानतर्फ ३९ करोड ७४ लाख, नगरपालिकाको आन्तरिक आयबाट ८ करोड ९६ लाख १३ हजार तथा नगद मौज्दातबाट १३ करोड रुपैयाँ समेटेर कुल बजेटको आकार तय गरिएको हो।

व्ययतर्फ संघीय सशर्त अनुदानका कार्यक्रमका लागि ३९ करोड ७४ लाख, संघीय विशेष अनुदानका लागि १ करोड ८० लाख तथा प्रदेश विशेष अनुदानका लागि ३९ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिका प्रशासनिक, चालु तथा पुँजीगत खर्चका लागि २० करोड रुपैयाँ छुट्याइएको छ भने सबै वडा कार्यालयका लागि एकमुष्ट १४ करोड रुपैयाँ विनियोजन गरिएको छ। संघीय समपुरक अनुदानतर्फ २ करोड ५९ लाख, प्रदेश समपुरक अनुदानतर्फ ६० लाख तथा नगरपालिकाको साझेदारी र अन्य पुँजीगत कार्यक्रमका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

क्षेत्रगत रूपमा शिक्षातर्फ ३ करोड, स्वास्थ्य तथा आयुर्वेदतर्फ १ करोड ७० लाख, सामाजिक विकासतर्फ १ करोड ६० लाख, कृषि तथा पशु विकासतर्फ १ करोड २० लाख तथा न्यायिक समिति एवं उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रमका लागि ६५ लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास तथा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको जनाएको छ।

Skip This