काठमाडौं- चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेद्वारको सुची तलमाथी पारिएपछि उम्मेद्वारहरु आक्रोसित भएका छन् । केही चर्चित उम्मेद्वारहरुको नाम पछि पारिएपछि उनीहरुले सामाजिक सञ्जालमा अनेक प्रश्न उठाएका छन् । रास्वपाका चर्चित नेताहरु गणेश कार्की,यज्ञमणी न्यौपाने,आशिका तामाङ लगायतले आफ्नो नाम उम्मेद्वार दर्ता सुचीमा राखे भन्दा धेरै तल झारेको जनाएका छन् । आशिका तामाङको नाम उम्मेद्वारी दर्तामा ३७ नम्बरमा रहेकोमा भोटिङ मेसिनमा १०६ नम्बरमा झारिएको छ । उनको प्रश्न छ मनोनयन दर्ता गर्ने बेलामा ३७ नम्ब्रमा रहेको मेरो नाम भोटिङ मेसिनमा के को आधारमा १०६ नम्बरमा पुग्यो ?

त्यस्तै न्यौपानेले खुला सुचीको ४२ नम्बरमा आफ्नो नाम देखेर आश्चर्य प्रकट गरेका छन् । उनले लेखेका छन् म भन्दा पछि फर्म भरेका साथीहरु अगाडी नै नाम राखेको देखियो । अल्फाबेटिकल अर्डर समेत मिलाएको रहेनछ । तथापी मतदान भइरहेको छ । आशा र भरोसा मतदाता माथी रहेकै छ । अर्का नेता गणेश कार्कीको नाम खुला तर्फ १३३ नम्बरमा राखिएकोमा असन्तुष्टी व्यक्त गरेका छन् । उनले लेखेका छन् प्रारम्भिक सुचीमा म भन्दाा तल दर्ता भएकाहरुको नाम मेरो भन्दा माथी कसरी भयो ? म भन्दा पहिला दर्ता हुनेहरु म भन्दा तल कसरी पुगे ?के आधारमा भोटिङ मेसिनमा ना र स्थान तोकियो ?








प्रतिक्रिया