भरतपुर-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचनमा सभापति रवि लामिछानेले मतदान गरेका छन्।
रास्वपाले नयाँ केन्द्रीय समिति चयनका लागि सञ्चालन गरेको निर्वाचनमा सभापति लामिछानेले मतदानस्थल पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि विद्युतीय भोटिङ प्रणालीमार्फत मतदान भइरहेको छ।
गएराति १२ बजेदेखि विद्युतीय मतदान भइरहेको छ।
मतदान सम्पन्न भएको २ घण्टामा परिणाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ । त्यसपछि पदाधिकारीको निर्वाचन प्रक्रिया सुरु हुनेछ ।






प्रतिक्रिया