अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाका पदाधिकारीको निर्वाच्न अझै सुरु भएन

रास्वपाका पदाधिकारीको निर्वाच्न अझै सुरु भएन


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचन प्रक्रिया निर्धारित कार्यतालिकाभन्दा पछि धकेलिएको छ। उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक हुन नसक्दा मतदान सुरु हुन सकेको छैन।

निर्वाचन तालिकाअनुसार उम्मेदवारको प्रारम्भिक सूची राति १ बजे सार्वजनिक गर्ने र बिहान ४ बजेदेखि मतदान सुरु गर्ने कार्यक्रम थियो। तर बिहान ७ बजेसम्म पनि प्रारम्भिक सूची सार्वजनिक हुन नसकेको रास्वपाको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। प्रारम्भिक सूची प्रकाशित भएपछि दाबी–विरोधको प्रक्रिया, अन्तिम उम्मेदवार सूची प्रकाशन तथा विद्युतीय मतदान प्रणालीमा उम्मेदवारको विवरण प्रविष्ट गर्ने काम बाँकी रहेकाले मतदान थप ढिला हुने देखिएको छ। यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। खुला उपसभापतिमा विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि स्वर्णिम वाग्ले पनि निर्विरोध निर्वाचित भएका छन्। यस्तै, महामन्त्री पदका आकांक्षी शिशिर खनालले समेत आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन्।
अब महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुनेछ। महिला उपसभापतिमा सोबिता गौतम र डा। तोसिमा कार्की प्रतिस्पर्धामा छन् । यसैगरी महामन्त्री पदमा मनीष झा, विपिन आचार्य, कवीन्द्र बुर्लाकोटी, रञ्जु दर्शना, गणेश पराजुली, सागर ढकाल, गणेश कार्की र प्रमोद न्यौपानेलगायत उम्मेदवार छन् ।
अहिले पदाधिकारी चयनमा सहमतिको प्रयास जारी रहेकाले पनि निर्वाचन प्रक्रिया निर्धारित समयभन्दा ढिला भएको बताइएको छ। निर्वाचन प्रक्रिया निर्धारित समयभन्दा ढिला भएपछि प्रतिनिधिहरु भने आक्रोशित बनेका छन् ।

Skip This