अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाको महाधिवेशन नसकिएपछि फेरी सर्यो संसद बैठक

रास्वपाको महाधिवेशन नसकिएपछि फेरी सर्यो संसद बैठक


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन नसकिएपछि प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित गरिएको छ।

बिहीबारका लागि बोलाइएको बैठक आज दिनको १ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको थियो । आज पनि रास्वपा महाधिवेशन नसकिएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक शनिबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरेका हुन्। असार ७ गतेबाट चितवनको भरतपुरमा सुरु भएको रास्वपा महाधिवेशन अझै सकिएको छैन । २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ सदस्य छन् ।

Skip This