चितवन-महामन्त्रीका आकांक्षी कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, शिशिर खनाल, जगदीश खरेल र प्रमोद न्यौपानेले विपिन आचार्यलाई समर्थन समर्थन जनाएका छन्।
पार्टीको बृहत्तर हित र आन्तरिक एकताका लागि उनीहरुले आचार्यलाई समर्थन गरेको उनीहरूको भनाइ छ । शुक्रबार चितवनमा बुर्लाकोटी, पराजुली, खनाल, खरेल र न्यौपानेले संयुक्त प्रेसमिट गर्दै महामन्त्रीमा आचार्यलाई समर्थन गर्ने निर्णयमा पुगेको बताएका हुन् ।
‘हामी सबै जनाले संस्थापक सबै साथी एक ठाउँमा उभिएर एउटै म्यासेज दिनुपर्छ भनेर एउटै उम्मेदवार प्रस्तुत गरेका हौँ’, गणेश पराजुलीले भने, ‘हामी सबैले विपिनलाई समर्थन गर्ने निर्णय गरेका छौँ ।’






प्रतिक्रिया