अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रञ्जु दर्शनाले पनि फिर्ता लिइन् उम्मेदवारी, महामन्त्रीमा विपिन आचार्यलाई समर्थन

रञ्जु दर्शनाले पनि फिर्ता लिइन् उम्मेदवारी, महामन्त्रीमा विपिन आचार्यलाई समर्थन


चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको निर्वाचन रोचक बन्दै गएको छ। महामन्त्रीका लागि उम्मेदवारी दिएकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गरेकी छन्।

यसअघि पूर्वमहामन्त्री कविन्द्र बुर्लाकोटी तथा नेताहरू गणेश पराजुली, शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश खरेलले पनि उम्मेदवारी फिर्ता लिएर आचार्यलाई समर्थन गर्ने घोषणा गरिसकेका छन्। यससँगै आचार्यको पक्षमा संस्थापक तथा प्रभावशाली नेताहरूको समर्थन बढ्दै गएको देखिएको छ।

शुक्रबार चितवनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बुर्लाकोटी, पराजुली, खनाल, खरेल र न्यौपानेले पार्टीको बृहत्तर हित, आन्तरिक एकता र साझा सन्देश प्रवाहका लागि आचार्यलाई समर्थन गर्ने निर्णयमा पुगेको बताएका हुन्।

पत्रकार सम्मेलनमा नेता गणेश पराजुलीले संस्थापक समूह एकै ठाउँमा उभिएर पार्टीभित्र एकताको सन्देश दिन आवश्यक रहेको भन्दै सबैले विपिन आचार्यलाई समर्थन गर्ने निर्णय गरेको बताए।

उम्मेदवारी फिर्ता र समर्थनको क्रमपछि अब महामन्त्री पदका लागि विपिन आचार्य, राजुनाथ पाण्डे, मनिष झा, गणेश कार्की र सागर ढकालबीच प्रतिस्पर्धा हुने भएको छ।

महाधिवेशनको चुनावी प्रतिस्पर्धा नजिकिँदै जाँदा विभिन्न उम्मेदवारहरूको समर्थन र ध्रुवीकरणले महामन्त्री पदको निर्वाचन थप चासोको विषय बनेको छ।

Skip This