अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाकाे पदाधिकारी चुनावमा १२९० मतमात्र खस्याे, रविले नै हालेनन् भोट

रास्वपाकाे पदाधिकारी चुनावमा १२९० मतमात्र खस्याे, रविले नै हालेनन् भोट


काठमाडौं-रास्वपाका पदाधिकारी छान्न भएको निर्वाचनमा मतदान सकिएको छ। केहीबेर अघि मतदान सकिएको छ।

चितवनमा जारी महाधिवेशनमा मतदानमा १२८९ मत खसेको निर्वाचन आयोग स्रोतले जनाएको छ।

रास्वपामा ३९५९ महाधिवेशन प्रतिनिधि थिए। रास्वपा केन्द्रीय सदस्यमा २ हजार ९५९ मत खसेको थियो। यद्यपि प्रतिनिधिहरू मतदान नगरी फर्किएपछि पदाधिकारीमा मतदान गर्नेको संख्या ह्वात्तै घटेको हो ।

केन्द्रीय सदस्यको भन्दा १ हजार ६ सय ७० जना कम प्रतिनिधिले पदाधिकारीका लागि मतदान गरेका हुन् ।

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको निर्वाचनमा पार्टी सभापति रवि लामिछाने स्वयं मतदान प्रक्रियामा सहभागी भएनन्।

उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि भएको मतदानमा लामिछाने अनुपस्थित रहेको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिएका छन्।

उनका अनुसार सभापति चितवनमै रहे पनि मतदानस्थलमा पुगेनन्। उनले किन मतदान गरेनन् भन्ने विषयमा भने कुनै आधिकारिक कारण सार्वजनिक गरिएको छैन।

यसअघि केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनमा भने लामिछानेले मतदान गरेका थिए। उनी सभापति पदमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

Skip This