अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा महाधिवेशनमा विवाद: २ मिनेट ढिला पुगेका प्रतिनिधि मतदानबाट वञ्चित, गेटमै धर्ना

रास्वपा महाधिवेशनमा विवाद: २ मिनेट ढिला पुगेका प्रतिनिधि मतदानबाट वञ्चित, गेटमै धर्ना


चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पदाधिकारी निर्वाचनमा २ मिनेट ढिला आएका प्रतिनिधिहरूले भोट हाल्न नपाएकाे भन्दै चितवन प्रदर्शनी केन्द्रको हल बाहिर धर्नामा बसेका छन्। 

शुक्रबार पदाधिकारीका लागि भएकाे निवार्चनमा मतदान गर्न नपाएकाे भन्दै प्रतिनिधिहरु गेटमा धर्नामा बसेका हुन्।

उनीहरुले मतदान गर्न पाउनुपर्ने माग राखेका छन् । तर, समय सकिएको माइकिङ गर्दै निर्वाचन आयोगका पदाधिकारीले मतदानका लागि ढोका खोल्न नसकिने बताएका छन् ।

उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि दोस्रो चरणको मतदान भएको थियाे। आयोगका अनुसार पदाधिकारीको मतदानमा १२/१३ सयको हाराहारीमा मत खसेको छ। 

Skip This