अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जननेता मदन भण्डारीको ७५औं जन्म जयन्तीमा शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा

जननेता मदन भण्डारीको ७५औं जन्म जयन्तीमा शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा


काठमाडौंजननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालका कम्युनिष्ट जननेता मदन भण्डारी विषयक विचार गोष्ठी’ मा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उपस्थित भएका छन्।

मदन भण्डारी फाउन्डेसनले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय विचार गोष्ठी तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भएकी छन्।

कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधव कुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहित   वाम आन्दोलनका एउटै मञ्चमा देखिएका हुन्।

कार्यक्रममा एमाले अध्यक्ष ओली, नेकपा संयोजक प्रचण्ड, सह–संयोजक नेपाल, वरिष्ठ नेता खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पछिल्लो समय फरक राजनीतिक धारमा रहेका कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उभिएपछि यसलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

विशेषगरी एमाले र नेकपाबीच सहकार्यको सम्भावनाबारे पछिल्ला अभिव्यक्तिहरू सार्वजनिक भइरहेका बेला केपी ओली, प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको साझा उपस्थिति राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

जननेता मदन भण्डारीको राजनीतिक विचार, जनताको बहुदलीय जनवाद (जबज) तथा नेपालको कम्युनिस्ट आन्दोलनमा उनको योगदानबारे केन्द्रित उक्त कार्यक्रमले समकालीन राजनीतिक बहसलाई समेत नयाँ आयाम दिने अपेक्षा गरिएको छ।

Skip This