काठमाडौँ – नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप प्रक्रिया अघि बढाइएको छ।
उपाध्यक्ष पौडेललाई सोमबार अपराह्न विशेष अदालत, काठमाडौँमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। अनुसन्धान जारी रहेकाले थप समय आवश्यक परेको भन्दै प्रहरीले अदालतसँग हिरासत म्याद थपको अनुमति मागेको हो।
उपाध्यक्ष पौडेललाई २०८३ असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसपछि विशेष अदालतले २०८३ असार ८ गतेदेखि लागू हुने गरी ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
अदालतले दिएको उक्त म्याद असार १४ गते सकिएपछि अनुसन्धानलाई निरन्तरता दिन प्रहरीले पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो। विशेष अदालतले प्रहरीको माग र अनुसन्धानको अवस्थाका आधारमा थप हिरासत अवधि सम्बन्धी निर्णय गर्नेछ।






प्रतिक्रिया