काठमाडौं-नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सुस्ता क्षेत्रका बासिन्दा लालपुर्जा र नेपाली नागरिकताको सुनिश्चितताको माग गर्दै काठमाडौं आइपुगेका छन्।
सीमा समस्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीले आफूहरूलाई निरन्तर दुःख दिएकाे भन्दै उनीहरू आफ्ना मागसहित राजधानी आएका हुन् ।
सुस्तावासीले आफूहरू नेपाली भूमि र नेपाली नागरिक भए पनि लालपुर्जा तथा नागरिकतासम्बन्धी समस्या समाधान हुन नसकेको गुनासो गरेका छन् । उनीहरूले सरकारले आफूहरूकाे माग तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् ।
आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन उनीहरूले आजदेखि काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना सुरु गर्ने जनाएका छन् ।












प्रतिक्रिया