अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले लिए शपथ

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूले लिए शपथ


काठमाडौँ–सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नवनिर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुधबार केन्द्रीय कार्यालय घण्टी घरमा सभापति रवि लामिछानेले केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। 

सभापतिमा रवि लामिछाने र उपसभापतिमा डा.स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै, उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका थिए।

रास्वपाका वरिष्ठ नेतासहित ११ पदाधिकारी मनोनीत हुने व्यवस्था छ। रास्वपाको विधान अनुसार १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । तीमध्ये १०० जना निर्वाचित र ५१ जना सभापतिबाट मनोनीत गर्ने विधानमा व्यवस्था छ।

 असार (७–१२) सम्म चितवनमा भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट एक सभापति र ९९ सय जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

यी बाहेक सात प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था छ । महाधिवेशनबाट खुला ३२, समावेशी ३२ र सात प्रदेशबाट पाँच/पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । यसैगरी निर्वाचित दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीलाई रविले शपथ गराएका छन् ।

Skip This