अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालो सिसा हटाउने अभियानबीच रवि लामिछानेसहित मन्त्री र रास्वपा सांसदका गाडीमा कालो सिसा

कालो सिसा हटाउने अभियानबीच रवि लामिछानेसहित मन्त्री र रास्वपा सांसदका गाडीमा कालो सिसा


काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)का सभापति रवि लामिछानेदेखि पार्टीका मन्त्री, सांसद र नेताहरूले प्रयोग गर्ने सवारीसाधनमा कालो सिसा प्रयोग गरिएको पाइएको छ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन सातवटै प्रदेशमा सर्कुलर गरिरहेको बेला सभापति लामिछानेदेखि मन्त्री, सांसद तथा अन्य नेताहरुका गाडीमा कालो सिसा प्रयोग गरेको पाइएको हो।

प्रदेश स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूलाई प्रहरी प्रधान कार्यालयले मंगलबार सर्कुलर गरेको थियो।

असार १५ मा उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको गाडीमा राखिएको कालो सिसाको स्टिकर हटाएको थियो ।

असार १४ देखी ट्राफिक प्रहरीले उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन सुरु गरेको थियो । पहिलो चरणमा कालो स्टिकर हटाउन थालिएको हो । कम्पनीबाट कालो सिसा जडान भएका गाडीहरूको सिसा परिवर्तन गर्नेबारे ट्राफिक प्रहरीले गाडी बिक्रेता कम्पनीहरूसँग छलफल गरेको छ । 

अभियान कार्यान्वयन भइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दलकै नेताहरूले कालो सिसा भएका सवारीसाधन प्रयोग गरेको देखिएपछि यसको कार्यान्वयन र समान रूपमा कानुन लागू हुने विषयमा प्रश्न उठेको छ।

Skip This