काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको पहिलो बैठक सुरु भएको छ।
चितवनमा भएको पहिलो महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरूले बुधबार केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम सकिएपछि बैठक सुरु भएको हो।
सभापति रवि लामिछानेले निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यलाई शपथ गराएका थिए।
बैठकमा पेस हुने एजेन्डाबारे केही थाहा नभएको केन्द्रीय सदस्य कुशुम श्रेष्ठले जानकारी दिइन् ।
विधान अनुसार १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । विधान अनुसार तीमध्ये ५१ जना सभापतिले मनोनयन गर्नेछन् ।






प्रतिक्रिया