अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्यासलमा एमाले पुनर्गठन कार्यदलको बैठक, अध्यक्ष ओली पनि सहभागी

च्यासलमा एमाले पुनर्गठन कार्यदलको बैठक, अध्यक्ष ओली पनि सहभागी


काठमाडौं-नेकपा (एमाले)को पुनर्गठन कार्यदलको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार जारी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली समेत सहभागी भएका छन्।

उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलले देशभरका प्रदेशबाट सुझाव संकलन गर्ने काम सम्पन्न गरी प्रतिवेदन तयारीको अन्तिम चरणमा पुगेको जनाएको छ।

कार्यदलले पार्टी संगठनको शुद्धीकरण, सुदृढीकरण तथा पुनर्गठनसम्बन्धी सुझाव समेटेर प्रतिवेदन तयार पारिरहेको छ। उक्त प्रतिवेदन आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने तथा त्यसमाथि विस्तृत छलफल हुने एमाले स्रोतले जनाएको छ।

एमालेले संगठनलाई थप प्रभावकारी, अनुशासित र जनमुखी बनाउने उद्देश्यसहित कार्यदल गठन गरेको थियो। कार्यदलले प्रदेशस्तरबाट प्राप्त सुझावका आधारमा संगठनात्मक सुधारसम्बन्धी प्रतिवेदन तयार गरिरहेको बताइएको छ।

Skip This