अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले देश बनाउने पार्टी हो, राष्ट्र निर्माणका लागि एमालेलाई बलियो बनाउनुपर्छ: अध्यक्ष ओली

एमाले देश बनाउने पार्टी हो, राष्ट्र निर्माणका लागि एमालेलाई बलियो बनाउनुपर्छ: अध्यक्ष ओली


काठमाडौ-नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले देश बनाउने पार्टी भएको बताएका छन्।

बिहीबार एमाले केन्द्रिय कार्यालय, च्यासलमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले एमाले केवल सत्ता र राजनीति गर्ने उद्देश्यले नभई राष्ट्र निर्माण, विकास र समृद्धिका लागि स्थापित भएको पार्टी रहेको उल्लेख गरे।

अध्यक्ष ओलीले देशलाई राम्रो अवस्था बनाउनको लागि पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। अध्यक्ष ओलीले भने, ‘मान्छेहरू एमाले सकियो, एमाले सकियो भन्छन्। एमाले सकिन जन्मेको पार्टी नै होइन। यो त बढ्न, सफल हुन, देश बनाउन जन्मेको पार्टी हो। केही नभए पनि उठ्छ, यो ठाउँमा पुगेको छ र फेरि पनि अगाडि बढ्छ। यो मात्तिँदैन, आत्तिँदैन।’

अध्यक्ष ओलीले एमाले विशाल नदीको जस्तो गतिशील भएर आफ्नो प्रवाहमा बगिरहने बताए।

Skip This