अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी अभियान्ता माजिद अन्सारी रिहाइको माग गर्दै विराटनगरमा धर्ना दिने २६ जना पक्राउ

जेनजी अभियान्ता माजिद अन्सारी रिहाइको माग गर्दै विराटनगरमा धर्ना दिने २६ जना पक्राउ


विराटनगर- जेनजी अभियन्ता माजिद अन्सारी पक्राउको विरोधमा जिल्ला प्रहरी कार्यालय मोरङको गेट अगाडि धर्ना दिन गएका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति साढे ९ बजे प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिने क्रममा २६ जनालाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, कार्यालयको मुख्य गेटमा आवागमन नै प्रभावित हुने गरी प्रदर्शन गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरू सबै जेनजी समूहका अभियन्ताहरू रहेका छन् । काठमाडौंको कीर्तिपुरस्थित सुन्दरीघाट होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमवासीहरूको अवस्था बुझ्न गएका बेला माजिद अन्सारी, सरिश्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये थापा र खड्का रिहा भइसकेका छन् भने अन्सारी अझै प्रहरी नियन्त्रणमै छन् । प्रहरीको कुटपिटबाट घाइते भएका अन्सारीको हाल टिचिङ अस्पतालमा उपचार भइरहेको छ । अन्सारीमाथि प्रहरीले दुर्व्यवहार गरेको र उनलाई विनासर्त रिहा गर्न जेनजी अभियन्ताहरुले माग गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यलयका अनुसार पक्राउ परेकाहरु निम्न अनुसार छन् ।

Skip This