अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विष्णु पाैडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर, झण्डै २१ करोड बिगो माग

विष्णु पाैडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर, झण्डै २१ करोड बिगो माग


काठमाडौं-पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार पौडेलविरुद्ध पूरक आरोपपत्र दर्ता गरेको हो।

पूरक अभियोगपत्रमा पौडेलसहित १६ जना व्यक्ति तथा १० वटा कम्पनीलाई प्रतिवादी बनाइएको छ। अभियोजन पक्षले पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बराबरको बिगो दाबी गरेको छ।

यसअघि विशेष अदालतमा दर्ता भइसकेको प्रतिवादी दीपक भट्टसमेत संलग्न सम्पत्ति शुद्धीकरण मुद्दामा थप अनुसन्धानपछि विभागले पूरक अभियोगपत्र दर्ता गरेको जनाएको छ।

विभागले पौडेलको बैंक खातामा रहेको ६ लाख ३४ हजार रुपैयाँ जफत गर्न पनि अदालतसँग माग गरेको छ।

अब विशेष अदालतले आरोपपत्रमाथि प्रारम्भिक सुनुवाइ गरी मुद्दालाई नियमित प्रक्रियामा अघि बढाउनेछ। अभियोगमा लगाइएका आरोप प्रमाणित भए वा नभएको विषय अदालतको अन्तिम फैसला पछि मात्र टुंगो लाग्नेछ।

Skip This