अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बौद्धमा युवतीले पेट्रोल छर्केर आत्मदाह प्रयास

बौद्धमा युवतीले पेट्रोल छर्केर आत्मदाह प्रयास


काठमाडौं-काठमाडौं महानगरपालिका-६ बौद्ध गेट नजिक एक २७ वर्षीया युवतीले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी छन्।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ घर भई हाल बौद्ध बस्दै आएकी सालु गुरुङले बुधबार राति करिब २ बजेर ५० मिनेटमा आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

घटनापछि उनका श्रीमानले घाइते अवस्थामा उनलाई शुस्मा कोइराला मेमोरियल अस्पताल, साँखु पुर्‍याएका थिए। त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको छ।

बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार गुरुङको शरीरको करिब २५ देखि ३० प्रतिशत भाग जलेको छ। उनको आइसीयुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादपछि उनले आत्मदाह प्रयास गरेको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This