काठमाडौं -आज मंगलबार पनि देशका विभिन्न स्थानमा बाढीको जोखिम देखिएको छ।
बाढी पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार देशका ११ जिल्ला र त्यस आसपास भएर बग्ने खोला तथा नदीमा बाढी आउने र जोखिम निम्त्याउने सम्भावना देखिएको हो।
बाढी महाशाखाले सूचनामा भनेको छ, ‘आज झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालीकोट, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’






प्रतिक्रिया