अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमै पुगे

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमै पुगे


काठमाडौँ-शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र त्यसका चालकको खोजीमा परिचालन भएका सुरक्षाकर्मीलाई हौसल दिन गृहमन्त्री सुदन गुरुङ घटनास्थलमा पुगेका छन्। 

प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार स्थलगत निरीक्षणपछि १० वटा ड्रोनसहित तीनवटै सुरक्षा निकायका कर्मचारी गोताखोरका साथ चालक कालिका गाउँपालिका–३ तल्लो धारापानीका २२ वर्षीय सविन तामाङको खोजीमा परिचालन भएका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिले खोज तथा उद्धारको समन्वय गरिरहेको छ । दुर्घटनास्थल गहिरो खोँच, धमिलो पानी र नदी किनारका विशाल चट्टानले खोजी तथा उद्धारमा चुनौती थपेका समितिले जनाएको छ ।

Skip This