रूपन्देही – अग्रज पत्रकार अर्जुन ज्ञवालीको उपचारका क्रममा निधन भएको छ ।
रूपन्देही तिलोत्तमाको शंकरनगरका स्थायी बासिन्दा ८० वर्षीय ज्ञवालीको काठमाडौंको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा हिजो राति निधन भएको हो ।
उनी केही समयदेखि मुटु र फोक्सोको रोगले बिरामी भएर उपचाररत थिए ।
उनले नेपाल पत्रकार महासंघबाट प्रदान गरिने प्रेस स्वतन्त्रता सेनानी सम्मान, रुपन्देही पत्रकार महासंघको उत्कृष्ट पत्रकारिता पुरस्कार, नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान, गोपाल गोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको सामाजिक सेवा पदकलगायत दर्जनौँ सम्मान पाएका थिए ।






प्रतिक्रिया