विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीमा दुई समुदायबीच हिंसा भड्किएपछि संयमित रहन, अपुष्ट सूचना वा अफवाहको पछि नलाग्न आग्रह गरेका छन्।
सोमबार मुख्यमन्त्री कार्कीले प्रेस विज्ञप्ति जारी गरी सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनप्रति दुःख व्यक्त गरेका छन्। उनले प्रदेश सरकार घटनाबाट पीडित परिवार र घाइतेको साथमा रहेको बताएका छन्।
साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायलाई आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरेका छन्।
मुख्यमन्त्री कार्कीले यस्तो संवेदनशील समयमा सबै नागरिकलाई संयमित रहन, अपुष्ट सूचना तथा अफवाहको पछि नलाग्न र सामाजिक सद्भाव, आपसी विश्वास तथा भाइचारालाई अझ सुदृढ बनाउन आग्रह गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘सदियौँदेखि हामी नेपाली जाति, भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्दै एकताबद्ध हुँदै आएका छौँ। यस परिवेशमा घटनालाई उत्तेजित नबनाई संयततापूर्वक सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख् सबै सरोकारवाला, नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधि र सञ्चारकर्मीहरूमा हार्दिक अनुरोध गर्दछु।’
यससँगै उनले घटनालाई उत्तेजित नबनाई संयमतार्पूक सामाजिक र साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गरेका छन्। मुख्यमन्त्री कार्कीले भनेका छन्, ‘यस परिवेशमा घटनालाई उत्तेजित नबनाई संयमतापूर्वक सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै सरोकारवाला, नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधि र सञ्चारकमीहरूमा हार्दिक अनुरोध गर्दछु।’
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार पीडित परिवार र घाइतेहरूको साथमा रहेको विश्वास दिलाउँदै सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहयोगका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। साथै नेपाल सरकारसँग अविलम्ब आवश्यक सुरक्षा व्यवस्था मिलाई जनताको जिउधनको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्।







प्रतिक्रिया