काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सुनसरी घटनाको सुरुआतदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको जनाएका छन् ।
ूघटनाको सुरुआतदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको छ तर ती पुग्दो भएनन्,ू बालेनले मंगलबार मध्यराति फेसबुकमा लेखेका छन्, सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए । सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन ।
उनले उक्त घटनाक्रमबाट प्रधानमन्त्रीका रूपमा मात्र नभएर नागरिकका रूपमा पनि आफू दुःखी भएको जनाएका छन् ।
ूयो घटनाबाट गुमाएका परिवारहरूको दुःख मैले महसुस गरेको छु । सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ । फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुन बमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु, उनले भनेका छन् ।
यो घटनाबाट हामीले पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको उनले बताएका छन् । यसबारेमा अनुसन्धान सुरू भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु,ू उनले भनेका छन्, सरकार छ र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास यो सरकारले दिलाउनेछ ।
सम्पूर्ण घटनाका बारेमा सरकारले गम्भीर भएर समीक्षा गरेको उनले बताएका छन् । तपाईंहरूले फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदमका बारेमा गम्भीर र जिम्मेवार कदमको महसुस गर्नु हुनेछ, उनले प्रतिबद्धता जनाएका छन् ।
मृतकका परिवार, घाइते तथा घाइतेका परिवारहरूलाई न्यायको अनुभूति गराउन सरकारले आफ्नो पूरा शक्ति लगाउने उनको भनाइ छ । त्यति बेलासम्मका लागि आफ्नो उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्नुहोला । हामीलाई धर्मले सिकाउने पनि त्यही हो, उनले भनेका छन् ।
उनले आक्रोश र उत्तेजना हटाउन पनि आग्रह गरेका छन् । मनमा छन् भने पनि तुष, रिस, डर, आक्रोशलाई हटाउनुहोला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला, उनले भनेका छन्, सुरक्षित र संयमित भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सदभाव कायम राखौँ ।






प्रतिक्रिया