अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ


सुर्खेत-कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख यज्ञराज जोशीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेतासमेत रहेका शाहीलाई शपथ खुवाएका हुन्।

जोशीले शाहीलाई मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए। शाही नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

शाहीलाई नेकपाका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० गरी कुल २४ सांसदको समर्थन छ। २०८० चैतमा नेकपाको समर्थनमा मुख्यमन्त्री बनेका यामलाल कँडेलले राजीनामा दिएपछि शाही मुख्यमन्त्री नियुक्त भएका थिए।