जनकपुरधाम – सुनसरीमा दुई समूहबीच भएको घटनाको विरोधमा आज पनि जनकपुरधाममा प्रदर्शन सुरु भएको छ ।
हिन्दू सम्राट सेनाको नेतृत्वमा करिब ५० जनाको समूहले जनकपुरधामस्थित रामानन्द चौकमा विरोध प्रदर्शन सुरु गरेको हो ।
प्रदर्शनकारीहरुले रामानन्द चौकमा जनकपुरधाम–ढल्केवर सडक अवरुद्ध गरेर विरोध प्रदर्शन सुरु गरेका छन् ।
गत आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि त्यसको विरोधमा जनकपुरधामसहित मधेसको विभिन्न जिल्लामा विरोध प्रदर्शन भइरहेको छ ।


प्रतिक्रिया