अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीको मुख्यमन्त्री टुंग्याउन दुई दाबेदार सहित उपाध्यक्ष पौडेल र महासचिव पोखरेल अध्यक्ष निवास गुण्डुमा

लुम्बिनीको मुख्यमन्त्री टुंग्याउन दुई दाबेदार सहित उपाध्यक्ष पौडेल र महासचिव पोखरेल अध्यक्ष निवास गुण्डुमा


काठमाडौं- लुम्बिनी प्रदेशको मुख्यमन्त्री टुंग्याउन नेकपा एमालेको हाइकमाण्ड गुण्डुमा छलफलमा जुटेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफलका लागि उपाध्यक्ष विष्णु पौडेल,महासचिव शंकर पोखरेल,मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्व मुख्यमन्त्री लिला गरी गुण्डु पुगेका छन् ।
नेपाली कम्यूनिष्ट पार्टीसँगको प्रदेश सत्ता गठबन्धनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परे पनि अहिलेकै मुख्यमन्त्रीलाई निरन्तरता दिने कि नयाँ अनुहार ल्याउने भन्नेमा पार्टीभित्र एक मत छैन । अघिल्लो पटक संसदीय दलको नेता बहाल रहेकै बेला महासचिव पोखरेलको जोडबलमा आचार्यलाई मुख्यमन्त्रीको रुपमा अघि सारिएको थियो । त्यसबेला पौडेल निकट मानिएका गीरी आफूलाई अन्यायपूर्वक पाखा लगाइएको भन्दै गुनासो गरिरहेका छन् । अहिले उनले त्यसबेलाको क्षतिपूर्ती पाउनु पर्ने माग कडाइका साथ राखेको स्रोत बताउछ ।
गीरीलाई मुख्यमन्त्री बनाउन उपाध्यक्ष पौडेलले लविङ जारी राखेको एमालेमा चर्चा छ । उता आचार्यकै निरन्तरतामा महासचिव पोखरेलको जोड छ । आजको छलफलमा चारैजनाका दाबी र तर्क सुनेर अध्यक्ष ओलीले निर्णय दिने नेताहरुको भनाइ छ । लुम्बिनीमा आचार्यले निरन्तरता पाए कोशीमा पनि मुख्यमन्त्री हिक्मत कार्कीलाई निरन्तरता दिनुपर्ने आवाज बलियो हुनेछ । त्यसैले कोशीका मुख्यमन्त्रीको भविष्य पनि लुम्बिनीका आचार्यको निरन्तरता हुने वा नहुने कुराले निर्धारण हुने एमाले सम्बद्ध स्रोत बताउछ । आज लुम्बिनीको टुंग्याएर भोली देखि कोशीका बिषयमा छलफल गर्ने गुण्डुको तयारी छ ।