अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषामा लगाइएको कर्फ्यु विहान ६ देखि ८ बजेसम्म खुकुलो

धनुषामा लगाइएको कर्फ्यु विहान ६ देखि ८ बजेसम्म खुकुलो


काठमाडौं – धनुषामा लगाइएको कर्फ्यु आज बिहान दुई घण्टाका लागि खुकुलो बनाइएको छ । आज बिहान ६ बजेदेखि ८ बजेसम्म कर्फ्यु खुकुलो बनाइएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलका अनुसार बिहानको समयमा दूध, तरकारी, फलफूल तथा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु किनमेलका लागि कर्फ्यु खुकुलो गरिएको हो । बिहान ८ बजेभित्र अत्यावश्यक सामग्री खरिद गरी निवासमा फर्किएर कर्फ्यु पालना गर्न उनले सबैलाई आग्रह गरेका छन् ।

कर्फ्युको समयमा अत्यावश्यक सेवा नियमित सन्चालन हुने र स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी र रेडक्रस, तिर्थयात्री, बिरामी, एयरपोर्ट आउजाउ गर्ने व्यक्तिहरुलाई भने परिचयपत्रको आधारमा आउत जावत गर्न सक्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।