चितवन-मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै पहिरो खस्दा सडक दुईतर्फी रूपमा फेरि अवरुद्ध भएको छ।
सोमबार दिउँसो २:१० बजेदेखि सडक अवरुद्ध भएको र पहिरो पन्छाउन एउटा उपकरण परिचालन भइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ। थप २ वटा उपकरण पहिरो खसेको स्थानमा जाँदै गरेको जनाइएको छ।
डिभिजन कार्यालयले पहिरो पन्छाउने काम तीव्र रूपमा अघि बढाइएको जनाएको छ। प्रारम्भिक अनुमानअनुसार सडक सञ्चालनमा ल्याउन करिब ४५ मिनेट लाग्न सक्ने बताइएको छ।
सडक अवरुद्ध भएपछि उक्त मार्ग प्रयोग गर्ने सवारीसाधनहरू दुवैतर्फ रोकिएका छन्। सडक डिभिजनले यात्रु तथा चालकहरूलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक व्यवस्था नभएसम्म धैर्य गर्न आग्रह गरेको छ।
यसअघि सोमबार बिहान पनि यो सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेको थियो । पहिरो खस्दा एकतर्फी सडक सञ्चानमा ल्याइएको थियो ।
पहिरो पन्छाएर सडक सडक दुईतर्फी सञ्चालनमा ल्याइए पनि फेरि पहिरो खसेर सडक अवरुद्ध बनेको सडक डिभिजन भरतपुरले जनाएको छ ।


प्रतिक्रिया