अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार दिउँसो ११:३० बजे बस्ने गरी बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक विषय तथा विभिन्न मन्त्रालयबाट प्रस्तुत गरिने प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय गरिने बताइएको छ।

मन्त्रिपरिषद् बैठकबाट विभिन्न प्रशासनिक, नीतिगत तथा विकाससम्बन्धी विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।