अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त


काठमाडौं-नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबारको मन्त्रिपरिषद बैठकले साहलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो।

उनी आयल निगमको पूर्वनिमित्त कार्यकारी निर्देशक हुन्। उनको पृष्ठभूमि चार्टर्ड एकाउन्टेन्ट हो। 

कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको थियो। 

कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले साउन १७ गते आवेदकहरुमध्ये धेरै अंक प्राप्त गर्ने तीन जनाको नाम सिफारिस गरेको थियो।

धनुषाका नागेन्द्र साह, प्युठानका कौशल केसी र सप्तरीका सञ्जीव कुमार देवको नाम सिफारिस भएको थियो। 

रिक्त पदपूर्तिका लागि असार २ मा दरखास्त आह्वान गरिएको थियो।