विराटनगर-कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका ४ मन्त्री र १ राज्यमन्त्रीले राजीनामा दिएका छन्। आज बसेको मन्त्रिपरिषद को बैठकपछि कोशी प्रदेश सरकारमा सहभागी ४ मन्त्री र एक राज्य मन्त्रीले राजीनामा दिएका हुन।
राजीनामा दिने कांग्रेसका मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदिपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाकार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन्।
केन्द्रमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच प्रदेश सरकारहरूको सत्ता साझेदारी सम्बन्धी ३ बुँदे सहमति पछि कांग्रेस सरकारबाट बाहिरिएको हो। यससँगै कोशी प्रदेश सरकारमा सत्ता समीकरण परिवर्तनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।


प्रतिक्रिया