काठमाडौं-नेपाली कांग्रेसका पूर्वसभापति सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि नेपाल फर्किएका छन्। उनी बिहीबार दिउँसो करिब १२:२५ बजे थाई एयरवेजको विमानमार्फत बैंकक हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।
देउवालाई स्वागत गर्न नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू विमानस्थल पुगेका थिए। उनको आगमनलाई लक्षित गर्दै विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्थासमेत कडा बनाइएको थियो।
देउवा उपचारका लागि पत्नी आरजु राणा देउवासहित विदेश गएका थिए। स्वास्थ्य उपचार र नियमित स्वास्थ्य परीक्षणपछि उनी थाइल्यान्ड हुँदै नेपाल फर्किएका हुन्।
लामो समय विदेश बसाइपछि स्वदेश फर्किएका देउवा नेपाली कांग्रेसभित्रका आगामी राजनीतिक गतिविधिमा सक्रिय हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया